You are viewing the translated version of अदालतको पूर्ण बैठक.

Section 6
अदालतको पूर्ण बैठक
(१) मुद्दा मामिलाको इन्साफ गर्ने काम बाहेक अन्य कामका लागि अदालतका अध्यक्ष र सदस्यहरू रहेको पूर्ण बैठक हुनेछ।
(२) अदालतको पूर्ण बैठकमा देहायका विषयहरू छलफलको लागि पेस गरिनेछः-
(क) अदालतसँग सम्बन्धित नयाँ व्यवस्था तथा नीति,
(ख) ऐन तथा यस नियमावलीको संशोधन,
(ग) अदालतको वार्षिक कार्ययोजना र वार्षिक प्रतिवेदन,
(घ) अदालतको वार्षिक बजेट अनुमान, विनियोजन र बेरूजु,
(ङ) सर्वोच्च अदालतबाट माग भएका राय सुझाव,
(च) अदालत व्यवस्थापनको लागि आवश्यक पर्ने समिति गठन गर्ने विषय,
(छ) अध्यक्षले पूर्ण बैठकमा पेस गर्न आवश्यक ठानेको अदालतको प्रशासन वा व्यवस्थापनसँग सम्बन्धित अन्य कुनै विषय।
(३) अध्यक्षको निर्देशनमा रजिस्ट्रारले पूर्ण बैठक बस्ने मिति, समय र स्थान खुलाई त्यस्तो बैठकमा छलफल हुने बिषयको कार्यसूची सामान्यतया बैठक बस्नुभन्दा चौबीस घण्टा अगावै सबै सदस्यहरूलाई उपलब्ध गराउनु पर्नेछ।
(४) पूर्ण बैठकमा छलफलका लागि पेस भएको विषयमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ।
(५) पूर्ण बैठकको निर्णय अध्यक्षले प्रमाणित गर्नेछ। त्यस्तो निर्णयको अभिलेख राख्ने जिम्मेवारी रजिस्ट्रारको हुनेछ।
(६) पूर्ण बैठकमा आवश्यक लिखतहरू पेस गर्ने र तत्‌ सम्बन्धी पत्राचार गर्ने दायित्व रजिस्ट्रारको हुनेछ।
(७) रजिस्ट्रारले पूर्ण बैठकको निर्णयको प्रतिलिपि निर्णय भएको मितिले सात दिनभित्र जानकारीको लागि प्रत्येक सदस्यलाई दिनु पर्नेछ।
(८) अध्यक्षले आवश्यकता अनुसार अदालतको कुनै कर्मचारीलाई पूर्ण बैठकमा आमन्त्रण गर्न सक्नेछ।